काठमाडौँ – विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नका लागि सार्क राष्ट्रका सदस्यहरु एक भएर रणनीति बनाउने उद्देश्यका साथ सार्क राष्ट्रका नेतृत्वबीच ‘भिडियो कन्फेरेन्स’ सुरु भएको छ ।


ADVERTISEMENT


‘भिडियो कन्फेरेन्स’मा प्रधानमन्त्री केपी शर्मा ओली, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, बंगलादेशी प्रधानमन्त्री शेख हशिना, भुटानका प्रधानमन्त्री लोते छिरिङ्ग, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् । यस्तै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह्, श्रीलंकाका राष्ट्रपति गोतावाया राजपाक्ष, पाकिस्तानका स्वास्थ्यमन्त्री डा. जफार मिर्जा र सार्कका महासचिव इसाला विराकून पनि भिडियो कन्फेरेन्समा सहभागी रहेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि गत शुक्रबार एक ट्वीटमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नेतृत्वलाई कोरोनाविरुद्ध लड्नका लागि रणनीति बनाउन एउटा भिडियो कन्फेरेन्सको प्रस्ताव गरेका थिए ।

भिडियो कन्फेरेन्सका लागि मिर्गौला प्रत्यारोपणपछि आज पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्  :