एजेन्सी– अमेरिकाको न्यूयोर्क सहरमा विद्यालय, रेष्टुरेन्ट र बार बन्दको घोषणा गरिएको छ। न्यूयोर्क महानगरका अधिकारीहरुले कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणलाई ध्यानमा राख्दै आइतबार सार्वजनिक विद्यालय, दशौं हजार बार तथा रेष्टुरेन्ट बन्द गर्ने घोषणा गरेका हुन्।


ADVERTISEMENT


न्यूयोर्कका मेयर बिल डे ब्लेसिओले ‘डेलीभरी’ र ‘पिकअप’ सेवा बाहेक सबै रेष्टुरेन्ट र बार बन्द गर्ने घोषणा गरेका हुन्। मेयरले रात्री क्लव, सिनेमा हल, साना नाटक घर र कन्सर्टस्थलसमेत बन्द गर्न निर्देशन दिएका छन्।


ADVERTISEMENT

# # #


मंगलबार बिहानदेखि लागू हुने यो नियम अनिश्चितकाल सम्मका लागि रहने बताइएको छ।