काठमाण्डौ – अखिल नेपाल फुटबल संघ एन्फाले चैत्र १२ गतेसम्मका लागि शहीद स्मारक बी डिभिजन लिग स्थगित गरेको छ ।


ADVERTISEMENT


विश्वव्यापी रुपमा कोरोनाको त्रास बढिरहेका बेला नेपालमा पनि यसको संक्रमण आउनसक्ने भन्दै राष्ट्रिय खेलकुद परिषदले बी डिभिजन लिग बन्द गर्न निर्देशन दिए पनि एन्फाले चैत्र १२ गतेसम्मका लागि स्थगित गरेको हो ।


ADVERTISEMENT

# # #


यसका साथै एन्फाले आयोजना गर्ने सबै गोष्ठी, सभा सेमिनार तथा अन्य फुटबल लगायतका कार्यक्रमहरु तथा एन्फा टेक्निकल सेन्टर धरान, बुटवल लगायत सातदोबाटो एकेडेमीहरु र एन्फा सचिवालय पनि चैत्र १२ गतेसम्म बन्द गरेको छ ।