काठमाडौं : मलेसियाले आजदेखि देशैभरका सार्वजनिक गतिविधि बन्द गर्ने भएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मलेसियाले स्कुल, व्यवसाय, यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मुहिद्दिन यासिनले आगामी मार्च ३१ गतेसम्म सार्वजनिक गतिविधिमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।


ADVERTISEMENT


यो अवधिमा दैनिक उपभोग्य वस्तु र औषधि विक्री गर्ने पसल भने खुला नै रहनेछन् । त्यस्तै मलेसियाका नागरिकलाई विदेश जान र विदेशबाट मलेसिया प्रवेशमा पनि रोक लगाइएको छ ।


ADVERTISEMENT

# # #


विदेशबाट भर्खरै घर फर्केकालाई अनिवार्य रुपमा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।  मलेसियामा हालसम्म ५ सय ५३ जनामा संक्रमण भेटिएको छ । तिमध्ये ४२ जना उपचारपछि घर फर्किसकेका छन् ।

मलेसियामा करिब ५ लाख नेपाली कार्यरत रहेका छन् ।