काठमाडौं – प्रहरीले १० लाख थान मास्कसहित काठमाडौंको सानोभर्‍याङबाट एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


कोरोना भाइरसको त्रासका कारण बजारमा मास्कको अभाव भइरहेका बेला अपराध महाशाखाको टोलीले बुधबार १० लाख थान मास्कसहित गोरखाका विनोद न्यौपानेलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि प्रहरीले गत सोमबार काठमाडौंको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित आरडीजी सप्लायर्सका सञ्चालक सुरज गोयल र सुवास महेश्वरी गोयललाई पक्राउ गरेको थियो ।