काठमाडौँ –  विश्वभर फैलिरहेको कोरोना भाइरसको जोखिम फैलिन नदिन सरकारले विभिन्न मुलुकबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाउने भएको छ ।


ADVERTISEMENT


उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोप, पश्चिम एशियाका खाडी मुलुकहरु, इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया लगायतका देशबाट आउने यात्रुलाई नेपाल प्रवेश गर्न नदिने निर्णय गरेको हो । ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउनेलाई समेत आवगमनमा रोक लाग्ने भएको छ ।


ADVERTISEMENT

# # #


उक्त निर्णय मार्च २०को मध्ये रातीदेखि लागू हुनेगरी अप्रिल १५ सम्मका लागि तोकिएको समितिले जनाएको छ । समितिको निर्णय नं. १० मा भनिएको छ, ‘युरोपका सबै मुलुकहरु, पश्चिम एशिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई आवगमनमा प्रतिबन्ध लगाउने ।’

यस्तै सरकारले आवगनमा रोक लागेर आफ्नो मुलुक जान नसकेका विदेशी नागरिकलाई भिषा अवधि नियमित गर्न भिषा आवेदन फारम भरेमा कानुन बमोजिम भिषा उपलब्ध गराउने भएको छ ।