काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपा नेतृत्वको सरकारले जनताको भावना नै नबुझि गम्भिर बिषयहरुमा मनोमानी निर्णयहरु गरेको आरोप लगाएका छन् । नेकपा सचिवालयको एकलौटी सोच र निर्णयका आधारमा सरकार चलेको भन्दै जनताको भावना के छ भन्ने कुरालाई बर्तमान सरकारले लत्याएर अघि बढेको महरको आरोप छ ।


ADVERTISEMENT


”जनता र राजनीतिक दलहरुको परामर्श विना नेकपा सचिवालयको निर्देशनमा सरकारले एसईई सार्ने लगायतका गम्भीर प्रकृतिका सवै निर्णयहरुमा जनताको साथ चाहिन्छ कि चाहिन्न सरकार ?” युवा नेता महरको प्रश्न छ ”देशलाई संकट परेको वेला कम्युनिस्टको मात्रै होईन कि सवै जनताको मन जित्नु नै बेश होला ।सचिवालयको नाममा ब्यारेक कम्युनिज्मको अभ्यास देश र लोकतन्त्रका लागी राम्रो होईन ।”


ADVERTISEMENT

# # #


देशका गम्भिर बिषयहरुमा निर्णय लिँदा सर्बदलीय छलफल तथा बिचारहरुको मन्थन गर्दै सबै जनताको मन बुझेर मात्रै निष्कर्षमा पुग्नुपर्नेमा त्यसो नगरिएको भन्दै नेता महरले सरकार नेकपाको मात्रै नभएर प्रतिपक्षी र सबै नेपालीहरुको हो भन्ने आभाष हुनुपर्ने बताएका छन् । संकटको बिषयमा सरकारले निर्णय लिँदा सबै दलहरुको राय नबुझेकाले यस्लाई सच्याएर सबै नागरिकको सरकार बन्न नेता महरले सुझाव समेत दिएका छन् ।