बागमती प्रदेश सरकारले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए।


ADVERTISEMENT


कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगिन संघीय सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्दै प्रदेश सरकारका नयाँ योजना बनाउन मन्त्रिपरिषद्को विशेष बैठक बोलाइएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको सो बैठकमा कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै तयारी तथा प्रतिकार्यका लागि आवश्यक जनशक्ति तथा सामग्रीको विषयमा छलफल भएको छ।