ललितपुर-  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई समृद्धिका लागि भ्रष्टाचार रोक्नु आवश्यक रहेको बताएका छन्।


ADVERTISEMENT


गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरद्वारा आज यहाँ आयोजित स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा उनले भ्रष्टाचारका कारण समाजमा विकृति बढ्दै गएको र राजनीतिक क्षेत्रमा समेत अस्थिरता आएको बताए ।


ADVERTISEMENT

# # #


उनले राजनीति तथा पार्टीप्रति राम्रो आस्था बनाउन राजनीतिकर्मीले सही व्यवहार गरिनुपर्नेमा जोड दिए । ‘निमुखालाई न्याय र विपन्नलाई आय’ प्रदान गर्न नै काँग्रेसले प्रजातान्त्रिक समाजवादको सिद्धान्त अवलम्बन गरेको नेता पौडेलको कथन छ । उनले देशभित्र नै रोजगारी, शिक्षा र स्वास्थ्यको विकास गरिनु अति आवश्यक रहेको पनि बताए ।

अस्पतालले प्रदान गर्दैआएको सेवालाई देशभरि नै विस्तार गरिनुपर्नेमा उनले जोड दिए । सो अस्पताल एक सय श्यया क्षमताको रहेको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ऐनकानुनको अभावले स्थानीय तहमा काम गर्न कठिन भएको उल्लेख गर्नुभयो । उहाँले जनप्रतिनिधिले स्वतन्त्र रुपले काम गरिनुपर्नेमा जोड दिए । अस्पतालका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले स्थानीय तहको सहयोगमा अस्पतालले सेवा विस्तार गरिने जानकारी दिए। रासस