चितवन – भरतपुर महानगरपालिकाको अगुवाइमा चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल धमाधम बन्दैछ ।


ADVERTISEMENT


शुक्रबार बिहानदेखि सञ्चालन गर्ने लक्ष्यका साथ सुरु भएको अस्पतालको निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भरतपुरमा ७२ घण्टामा ७० शैयाको अस्थाई अस्पताल निर्माण गरिँदैछ ।


ADVERTISEMENT

# # #


अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित ७० शैयाको अस्पताल बनाइएको हो । आइसीयू र एचडीयू बेड तयार गर्न केही दिन लाग्ने भएपनि अन्य बेड बिहीबार नै तयार पारिएको छ ।

तस्बिरहरु : रासस