नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नयाँ योजना “2020-S20 Offer” आफ्नो ग्राहकहरुका लागि सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यसाली विजेताले एउटा नयाँ Samsung Galaxy S20 जित्ने मौका पाउनेछन । यो योजना चैत्र ७ गते देखि चैत्र २७ गते सम्म लागु हुने जनाईएको छ ।


ADVERTISEMENT


उक्त योजनामा सेलपेका ग्राहकहरुले न्युनतम रु. २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, P2P Fund transfer (मर्चेन्ट भुक्तानीबाहेक) गरे, लक्की ड्र को लागि एउटा कोड नं. पाउनेछन्, सो कोड नं. लक्की ड्र को लागि छनोट हुनेछ र सोही कोडहरुबाट लक्की ड्र मार्फत कुनै एक भाग्यसाली ग्राहकले एउटा नयाँ Samsung Galaxy S20 जित्ने मौका पाउनेछन ।
यस्तै, ७ जना भाग्यसाली ग्राहकहरुले हरेक हप्ता Payless, Address lounge / X-Age बाट विभिन्न उपहारहरु पाउनेछन् । योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागु हुने जनाईएको छ ।


ADVERTISEMENT

# # #


नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरे पस्चात न्युनतम रु. २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, P2P Fund transfer (मर्चेन्ट भुक्तानीबाहेक) को कारोवार गरी यस योजनामा सहभागी हुन पाउनेछन ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्तद ्रुत, सरल तथा सुरक्षित सेवा हो ।

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनीट्रान्सफर, एद्दए, एद्दद्य, द्यद्दए, द्यद्दद्य आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछन् र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवालिन सक्नेछन् । सेलपे सेवा गुगल प्ले स्टोर तथा एप्पल एप्प स्टोरमा उपलब्ध छ ।