काठमाडौं । छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार विहान ७ बजेदेखि साँझ ६ बजेसम्म देशमा जनता कर्फ्यूको घोषणा गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री मोदीले जनता कर्फ्यूका समयमा कोही पनि नागरिक घर बाहिर ननिस्कन आग्रह समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


बिहीबार साँझको टेलिभिजन स‌ंबोधनमा प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी रोक्न जनता कर्फ्यूलाई सफल पार्न आह्वान गरेका छन् ।

जनता कर्फ्यूको दिन साँझ ५ बजे घरको ढोकामा उभिएर ५ मिनेट ताली, थाल र घण्टी बजाएर नागरिकको हौसला बढाउन समेत मोदीले आग्रह गरेका छन् ।

https://www.facebook.com/narendramodi/videos/540948153217507/?t=8