रोम — कोरोना भाइरस ९कोभिड–१९० बाट इटालीमा चीनमा भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ४ सय २७ जनाको भाइरसको संक्रमणबाट ज्यान गएसँगै मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको हो ।


ADVERTISEMENT


चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार गएरातिसम्म चीनमा ३ हजार २ सय ४५ जनाको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा चीनमा ८ जनाको मात्रै मृत्यु भएको छ भन् थप ३४ जनामा संक्रमण देखिएको छ। गएरातिसम्म चीनमा संक्रमितको संख्या ८० हजार ९ सय २८ पुगेको छ भने ७० हजारभन्दा बढी निको भइसकेका छन् ।


ADVERTISEMENT

# # #


इटालीमा बुधबारभन्दा बिहीबार मृत्यु हुनेको संख्या केही कम भए पनि संक्रमितको संख्या भने बढिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै इटालीमा थप ५ हजार ३ सय २२ जनामा संक्रमण देखिएको छ। इटालीमा गए रातिसम्म संक्रमितको संख्या ४१ हजार ३५ पुगेको छ।

त्यस्तै इरान र स्पेनमा पनि पछिल्लो २४ घण्टामा क्रमशः १४९ र १६५ जनाको मृत्यु भएको छ। बिहीबार रातिसम्म इरानमा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार २ सय ८४ पुगेको छ भने १८ हजार ४ सय ७ जना संक्रमित भएका छन्। त्यस्तै स्पेनमा ८ सय ३ को मृत्यु हुँदा १७ हजारभन्दा बढी संक्रमित भएका छन्।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोभिड–१९ अहिले विश्वका १७० भन्दा देशमा फैलिइसकेको छ। विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ कारण अहिलेसम्म ९ हजार ८ सय २४ जनाको मृत्यु भइसकेको छ। त्यस्तै २ लाख ३६ हजारभन्दा बढी यसबाट संक्रमित हुँदा ८६ हजारभन्दा बढी निको भएका छन्।