काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले विश्वमा फैलिँदै गएको कोरोना भाइरसको विषयलाई लिएर सम्बोधन गर्न लागेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले आज (शुक्रबार) साँझ ६ बजे सरकारीनिवास बालुवाटारबाट सम्बोभन गर्ने तालिका तय भएको छ । सम्बोधनमा उनले कोरोनाविरुद्ध नेपालको तयारी, आवश्यक व्यवस्थापन लगायतका विषयमा बोल्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले केही विशेष घोषणा पनि गर्ने अनुमान गरिएको छ ।

प्रधानान्त्री ओलीले गत फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर फाल्गुन ३० डिस्चार्ज भएका थिए । चिकित्सकले शल्यक्रियापछि संक्रण्म हुने भएकाले मानिहरुको सम्पर्कमा नजान सुझाव दिएका थिए ।

तर प्रधानमन्त्री ओलीले त्यसलाई इन्कार गर्दै डिस्चार्ज भएको पर्सीपल्टै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर कोरोनाविरुद्ध साझा रणनीति बनाउने आयोजित सार्क राष्ट्रका नेतृत्वको भिडियो कन्फरेन्समा सहभागी भएका थिए ।

कोरोना संक्रमण फैलन नदिन आवश्यक सावधानी अपनाउन र अनावश्यक त्रास नफैलाउन सरकारले सबै देशवासीसँग आग्रह गरेको छ