एजेन्सी – ‘बेबी डल’ उपमाले चिनिने भारतीय चर्चित गायिका कनिका कपुरलाई कोरोना भाइरस संक्रमण भएको पाइएको छ । उत्तर प्रदेशमा शुक्रबार आएको रिपोर्टमा आइतबार मात्रै बेलायतबाट फर्किएकी कनिकाको कोरोना परीक्षण पनि ‘पोजेटिभ’ पाइएको हो ।


ADVERTISEMENT


कनिका १५ मार्चमा बेलायतबाट लख्नउ उत्रिएकी थिइन् । एयरपोर्टमा समेत उनले स्वास्थ्य नजाँचेको र सरकारी अधिकारीलाई समेत आफ्नो यात्रा जानकारी नदिएकाले उनले धेरैलाई संमक्रित बनाएको हुनसक्ने भारतीय मिडियाले आशंका व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले एयरपोर्टमा पनि केही व्यक्तिसँग भेटघाट गरेको र त्यहाँको शौचालय समेत प्रयोग गरेको बताइएको छ । यस्तै उनले बेलायतबाट फर्किएर तीन वटा पार्टी र केही कार्यक्रमहरुमा समेत गएको पाइएको छ । ती पार्टीहरुमा ५ सय भन्दा बढी मानिस सहभागी रहेको पाइएको भारतीय मिडियाले जनाएका छन् ।

भारतको स्वास्थ्य विभागले कनिकाको सम्पर्कमा आएका व्यक्तिलाई फोन सम्पर्क गरी ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न अनुरोध गरिएको छ । कनिकाको पूरै परिवारलाई क्वारेन्टाइनमा राखिएको छ ।

आफूलाई कोरोना भाइरस भएको कनिकाले पनि स्वीकार गरेकी छन् । उनले लेखेकी छन्, ‘पछिल्ला चार दिनमा मलाई फ्लूको लक्ष्य देखिएको थियो । जाँच गराउँदा मलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।’