काठमाडौं – काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा लिएको अभियोगमा २३ जना पक्राउ परेकका छन् ।
काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा लिएपछि प्रहरीले बाराका मुकेश प्रसाद साह लगायत २३ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई तोकिए भन्दा बढी भाडा असुल गरिरहेको अवस्थामा फेला पारेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।