काठमाडौँ – गोरखा नगरपालिका सतिपिपलमा निर्माण भैरहेको बुद्ध गुम्बाको लागि मनकामना दर्शन प्रा.लि. ले २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।


ADVERTISEMENT


नेपालकै पहिलो केबुलकारका संस्थापक स्व. लक्ष्मणबाबु श्रेष्ठको सम्झनामा कम्पनीले उक्त सहयोग गरेको हो । बिहीबार एक कार्यक्रमका बीच मनकामना दर्शन प्रा.लि. का निर्देशक राजेशबाबु श्रेष्ठले उक्त रकम गोरखा बौद्ध समूहका अध्यक्ष विष्णु बहादुर थापा मगरलाई हस्तान्तरण गरे ।


ADVERTISEMENT

# # #


गोरखामा जन्मिएर राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याएका स्व. लक्ष्मणबाबु श्रेष्ठको नाममा उनका परिवारले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ ।