काठमाडौं । गत मँगलबार देखि बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा सञ्चालित २६ दिने सुरक्षा (प्र.ह. र प्र. ज.) तालिम ५६ औं समूहको बिहिबार केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सो अवसरमा लोक सेवा आयोग कार्यालय हेटौँडाका प्रमुख उप सचिव तेज प्रसाद दाहालको विशिष्ट आतिथ्यता समेत रहेको थियो ।


ADVERTISEMENT


तालिममा बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका विभिन्न प्रहरी इकाईहरुबाट प्रहरी हवल्दार ५ र प्रहरी जवान २५ गरी कुल ३० प्रशिक्षार्थीहरु समावेश भएका थिए ।


ADVERTISEMENT

# # #


तालिम समापनको अवसरमा एसएसपी भण्डारीले शान्ति सुरक्षा तथा अमनचयन कायम गराउने कार्यमा खटिने प्रहरी कर्मचारीहरुको लागि आवश्यक पर्ने ज्ञान, सीप, कौशल र व्यवहारिक क्षमता अभिवृद्धि गरी समय सापेक्ष र परिस्थिति अनुसार कार्य सम्पादन गरी जनताको चाहना अनुसारको भरपर्दो सुरक्षा प्रदान गर्न सक्ने दक्ष प्रहरी बनाउन तालिम उपलब्धिपूर्ण रहेको बताएका छन् ।


एसएसपी भण्डारीले तालिम प्रशिक्षार्थीहरुको व्यावसायिक दक्षताका साथै वृति विकासमा समेत महत्वपूर्ण हुने बताए ।

स्वच्छ र निष्पक्ष भर्ना छनौट तथा दक्ष जनशक्ति उत्पादनलाई मूल मन्त्रको रुपमा लिएको कुरा वताउँदै यस तालिम केन्द्रले विश्वमा फैलिरहेको कोरोना भाइरसको संक्रमणवाट बच्न अपनाइएको सावधानी तथा प्रदान गरिएको ज्ञान सीपलाइ कार्यक्षेत्रमा निरन्तरता दिन एसएसपी भण्डारीले अनुरोध समेत गरेका छन् ।

लोक सेवा आयोगको कार्यालय हेटौडाका प्रमुख दाहालले तालिमबाट प्रशिक्षार्थीहरुमा ज्ञान, सीप र धारणाको अभिबृद्धि हुने बताउदै तालिम केन्द्रमा भइरहेको भौतिक पुर्वाधारको विकाश, स्वच्छ र पारदर्सी भर्ना छनौट तथा दक्ष जनशक्ति उत्पादनमा भएको सकारात्मक परिवर्तनको प्रशंसा समेत गरेका छन् ।

केन्द्रकी प्रा. प्र. नि. डा. रमा बिष्टले दिक्षित भई जाने प्रशिक्षार्थीहरुलाई कोरोना भाईरसको संक्रमणको लक्षण तथा संक्रमण रोकथामका लागि अपनाउनु पर्ने कुराहरुको बारेमा सचेतनामुलक प्रस्तुतीकरण समेत दिएकी छन् ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक लक्ष्मण के.सी.ले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रशिक्षार्थीहरुका तर्फबाट प्र.ह. प्रमोद बैठाले विगतको तालिम केन्द्रको अवस्था र हालको तालिम केन्द्रको अवस्था तथा तालिमको गुणस्तरीयताको तुलना गर्दै वर्तमान अवस्थाको तालिम केन्द्रमा धेरै सकारात्मक परिवर्तन देखेको उल्लेख गर्दै तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्ने प्रतिबद्वता व्यक्त गर्दै उत्कृष्ट तरिकाले तालिम संचालन भएकोमा केन्द्र र प्रशिक्षक वर्गलाई धन्यवाद दिएका छन् ।