काठमाडौं । अरनिको यातायात प्रा. लि. र अखिल नेपाल यातायात मजदुर संघ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले कोरोना भाईरसबाट बँच्नका लागि आज राजधानीमा मास्क तथा सेनिटाईजरहरु बितरण गरेको छ । प्रा. लि.का अध्यक्ष चित्र कुँवरले हिमालय पोष्टलाई दिएको जानकारी अनुसार जोखिमपूर्ण अवस्थामा काठमाडौं उपत्यकाको बिभिन्न ठाउँमा रहेका लामो तथा छोटो दूरीमा चल्ने सार्बजनिक सवारी साधनहरु, ट्याक्सीका चालक, सहचालक तथा यात्रुसहरुलाई ५ हजार मास्क र सेनिटाईजर बितरण गरिएको हो ।


ADVERTISEMENT


यातायात मजदुर यातायात ब्यबसायी र सर्वसाधारण यात्रुहरुलाई सचेतना जगाउदै भाईरस बाट कसरी बच्ने तथा यात्रुहरुलाई कसरी जोगाउने भन्ने सम्बन्धमा कोरोना भाईरस बाट बचौ र बचाउ अभियान सञ्चालन गरिएको कुँवरले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार संकटको अवस्थामा सबै नेपालीहरुलाई सुरक्षित गन्तव्यका लागि महासंघ लागेको बताउँदै सुरक्षित रहने व्यवस्था तथा यात्राका लागि सबै व्यवस्था मिलाईएको हिमालय पोष्टलाई जानकारी दिएका छन् ।

भिडियो हेर्नुहोस् : 

https://www.facebook.com/dipak.kc.94/videos/3580475805359409/?t=59