काठमाडौं । बिश्वब्यापी सन्त्रास फैलाईरहेको कोरोनको संक्रमणको जोखिमबाट बँच्न स्वास्थ्य सेवा विभागले नयाँ बसपार्क र नागढुंगामा हेल्थ डेस्क सञ्चालन गरेको छ ।


ADVERTISEMENT


काठमाडौं भित्रने र बाहिरिने यात्रुको ज्वरो जाँच्न उक्त हेल्थ डेस्क स्थापना गरिएको हो।


ADVERTISEMENT

# # #


बसपार्कबाट बाहिरिने यात्रुहरुलाई बसपार्कम र काठमाडौं बाहिरबाट भित्रिनेहरुका लागि नागढुङ्गामा ज्वरो नाप्ने व्यवस्था मिलाईएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले हिमालय पोष्टलाई जानकारी गराएका छन् ।

महासंघको पहलमा सरकारले हेल्थ डेस्क राखेको महासचिव सिटौलाले बताएका छन् ।

हेल्थ डेक्स राख्ने आफ्नो पहललाई सरकारले कार्यान्वयन गरेकोमा धन्यबाद दिँदै महासचिव सिटौलाले राजधानीका अन्य केन्द्रहरु कोटेश्वर र बल्खुमा समेत हेल्थ डेस्क राख्नका लागि पहल भईरहेको उनले जानकारी दिएका छन् ।

महासंघका महासचिव सिटौलाले ज्वरो नापेर यात्रुहरुलाई बस चढाएका थिए। यात्रुलाई ज्वरो देखिए यात्रा नगराई अस्पताल पठाइने समेत उनले जानकारी दिएका छन् । सरकारले लामो दूरीका सवारीहरुलाई चैत १० गते देखि रोकेको कारण एक्कासी राजधानी बाहिर जाने यात्रुहरुको चाप बढे पनि त्यसलाई व्यवस्थापन गर्न महासंघ लागि परिरहेको महासचिव सिटौलाले जानकारी दिएका छन् ।