काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकका कर्मचारीहरुलाई अत्यावश्यक बाहेकको अवस्थामा बिदामा नबस्न निर्देशन दिएको छ । कोभिड–१९को कारण सबै क्षेत्र प्रभावित हुने क्रम बढेसँगै बैंकिङ क्षेत्रको सेवामा भने कुनै पनि किसिमको कमी नआउने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । बैंकहरु बन्द गर्ने विषयमा अहिलेसम्म कुनै पनि निर्णय नभएको भट्टले बताए ।


ADVERTISEMENT


बैंक तथा वित्तीय संस्थाहरू बन्द गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख झक्कप्रसाद आचार्यले जानकारी दिए । सुरक्षित रहेर सहज वित्तीय सेवा दिन बैंकहरू तयार छन् भन्नेमा सरकार विश्वस्त रहेको उनले बताए । सकेसम्म विद्युतीय कारोबार गरी आफू सुरक्षित रहन सम्पूर्ण वित्तीय सेवा प्रयोगकर्ताहरूलाई उनले आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंक सञ्चालन गर्ने क्रममा पहिलो कुरा कर्मचारीको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनले भने, नेपाल सरकारले २५ जनाभन्दा बढि भेला नहुनु भनेको छ । हामीहरु सरकारको निर्देशन विपरीत जाने कुरा आउँदैन, त्यसका लागि हामीले डिजिटल बैंकिङलाई जोड दिएका छौं।’

यसअघि हिजो नेपाल बैंकर संघले डिजिटल बैंकिङ नि:शुल्क प्रदान गर्ने निर्णय गरेको छ । बैंकहरुले एटिएम, मोबाइल बैंकिङलगायतका सबै सेवा नि:शुल्क दिँदैछन्।

जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने

बैंकमा काम गर्ने सम्पूर्ण कर्मचारीहरुलाई स्यानिटाइजर दिने, फेस मास्क दिने, हात धुने व्यवस्था गर्नेलगायतको व्यवस्था गरी सुरक्षित हुने व्यवस्था मिलाउने शाहले जानकारी दिए । कुनै पनि हालतमा बैंक बन्द नहुने भन्दै शाहले भने, बैंक पनि हस्पिटल, आर्मी पुलिसजस्तै हो । बैंकको सेवा अवरुद्ध हुँदैन ।