काठमाडौँ  – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड–१९ सँग सम्बन्धित बिरामीको मात्रै उपचार गर्ने —भएको छ । अस्पतालले ओपीडी सेवा बन्द गरेको छ । यसअघि अस्पतालले क्षयरोग, एचआईभी, झाडापखाला लागेका र कुकुरले टोकेका बिरामीको समेत उपचार गर्ने गरेको थियो ।


ADVERTISEMENT


अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार अब एचआईभी संक्रमित र क्षयरोगका बिरामीले वीर र पाटन अस्पतालबाट उपचार पाउनेछन् भने कुकुरले टोकेको बिरामीको प्रदेश स्वास्थ्य कार्यालय टेकुमा उपचार हुनेछ ।


ADVERTISEMENT

# # #


अस्पताललाई कोभिडको उपचारमा मात्रै केन्द्रित गर्न पूर्वाधारसमेत थपिएको छ । विशेषज्ञलाई जटिल बिरामी मात्रै हेर्ने जिम्मा दिइएको छ भने सामान्य रुघाखोकीका बिरामी हेर्न ज्वरो क्लिनिक व्यवस्था गरिएको छ । नर्स र पारामेडिक्सले क्लिनिकबाट बिरामी हेर्छन् र कोभिडको लक्षण देखापरे विशेषज्ञलाई रिफर गर्छन् । स्वास्थ्यकर्मीले बिरामीलाई घरमै कसरी आइसोलेसन भएर बस्ने, आफू र अरूलाई कसरी बचाउने भनेर सिकाइरहेका छन् ।

अस्पतालमा २० बेडको आईसीयू राख्ने तयारी भइरहेको छ । अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी गरी थप ४० जना तीनमहिने करारमा थपिँदैछ ।  अस्पतालका विशेषज्ञलाई २४ घण्टा खटाइने भएको छ ।