काठमाडौँ — सरकारले सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताललाई कोरोना भाइरस (कोभिड–१९)का सम्भावित बिरामीको उपचारका लागि केन्द्रित गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले सशस्त्रको अस्पताललाई डेडिकेटेड बनाउन पूर्वाधार व्यवस्थापन गर्ने र त्यहाँ उपचाररत बिरामीलाई तत्काल अन्यत्र सार्ने निर्णय गरेको हो। हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र कोभिड–१९ को परीक्षण तथा उपचार हुने व्यवस्था छ।


ADVERTISEMENT

# # #


राजधानीका अन्य ठूला चार अस्पताललाई पनि संकट आइपरे उपचार गर्न सकिने गरी तयारी अवस्थामा राख्ने निर्णय भएको छ। स्वास्थ्य सचिव यादव कोइरालाका अनुसार शिक्षण, वीर, पाटन र वीरेन्द्र सैनिक अस्पताललाई विकल्पका रूपमा तयार राख्ने निर्णय भएको हो। यी ठूला अस्पतालबाट अरू बिरामी तत्काल अन्यत्र सारिने छैन। यी चारवटै राम्रो पूर्वाधार भएका अस्पताल हुन्। सरकारले यसअघि नै कीर्तिपुरको आयुर्वेदिक अस्पताल लगायतलाई पनि प्रयोग गर्ने निर्णय गरिसकेको छ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार आपत्कालीन अवस्थामा यी ठूला अस्पताललाई प्रयोग गर्दा करिब ७ हजार बिरामीलाई एकैपटक उपचार गर्न सकिन्छ।