काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।


ADVERTISEMENT


आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ। आजको बैठकले कोरोना रोकथामका लागि कदम चाल्न आवश्यक निर्णय लिन सक्ने स्रोतको भनाइ छ।


ADVERTISEMENT

# # #


दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर आएपछि प्रधामन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन्। मिर्गौला प्रत्यारोपण गर्न जाने अघिल्लो दिन फागुन १८ गते मन्त्रिपरिषद बैठक बसेको थियो। उक्त बैठकले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गठन गरेको थियो ।

समितिले पछिल्लो पटक कोरोनाको जोखिम भित्रिन नदिन विभिन्न निर्णय गर्दै आएको छ ।