काठमाडौँ – काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कर्मचारीलाई आवश्यक सेनेटाइजर, मास्कलगायत वस्तु उपलब्ध गराएर खानेपानी नियमितरुपमा उपलब्ध गराउने भएको छ । काठमाडौँ उपत्यकाको खानेपानीको व्यवस्थापन गर्दै आएको लिमिटेडले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले सार्वजनिक बिदा दिए पनि निर्बाधरुपमा सेवा प्रवाह हुने जनाएको छ ।


ADVERTISEMENT


अहिले सेवा प्रवाह गरिरहँदा प्रशासनिक कामका विषयमा निर्णय भइनसकेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनका अनुसार मिटर रिडिङ, मर्मतलगायत कामका लागि फिल्डमा पठाउने विषयमा आगामी सातासम्ममा निर्णय हुनेछ ।


ADVERTISEMENT

# # #


उनले भने, “यो साताभरमा छलफल गरेर यी विषय आगामी सातासम्ममा निर्णय हुनेछ ।” लिमिटेडले सुख्खा मौसममा अहिले दैनिक नौ करोड लिटर पानी काठमाडौँ उपत्यकामा वितरण गरिरहेको छ ।