काठमाडौँ – रिपोर्टर्स क्लब नेपालका सभापति तथा प्राईम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले सरकारले आवश्यक ठाने आफ्नो घर क्वारेन्टाईनको लागि दिने घोषणा गरेका छन् ।


ADVERTISEMENT


आइतबार रिपोर्टर्स क्लब नेपालमा भाडावाला सरोकार समाज नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै धमलाले देशमा कोरोनाको सन्त्रास बढेकाले सरकारले चाहेको बेला आफ्नो घर क्वारेन्टाईनको लागि दिनेबताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले घरभेटीले केही महिनाको भाडा नलिनका लागि भाडावाला सरोकार समाज नेपालले गरेको आग्रहमा आफ्नो पूर्ण साथ र समर्थन रहेको पनि विश्वास दिलाए । ‘हामी सम्पूर्ण नेपाली एकजुट भएर भाइरस नियन्त्रण तथा रोकथामको लागि लड्नुपर्छ ।’ उनले भने, ‘अहिलेको समय भनेको एकजुट भएर अघि बढ्ने समय हो । अहिलेसम्म नेपाल कोरोना मुक्त छ । यसप्रति म खुशी छु ।’

नेपाल प्रवेश हुने सम्पूर्ण नाकामा तत्काल रोक लगाउनु आवश्यक रहेको पनि धमलाले आवश्यकत्ता औंल्याए । उनले कोरोनाका कारण नेपालका सम्पूर्ण क्षेत्रका कार्यविधिहरु ठप्प रहेकोले व्यापारी र घरभाडा लिएर बसेका मानिसहरुको मर्का बुझेर तत्कालै तीन महिनाका लागि घरभाडा मिनाहा हुनुपर्ने भनेर उठेको आवाजमा आफ्नो पनि सहमति रहेको सुनाए ।

घरधनीहरु र व्यावसाय गर्ने व्यक्तिहरुले बैंकबाट लिएको ऋणमा समेत विशेष सहुलियत दिनुपर्ने धमलाको भनाई छ । उनले भने, ‘म सरकारलाई यो विषयप्रति गम्भिर हुन आग्रहसमेत गर्दछु ।’ उनले कोरोनाको कारण मुलुक ‘सेमि–लक डाउन’ को अवस्थामा पुगेकोले व्यापार तथा व्यवसायीहरुपनि मर्कामा परेको सुनाए ।

सरकारले घरभाडा मिनाहा गराउने सवालमा गम्भीर रुपले प्रस्तुत भए यसले विश्वमै सकारात्मक छाप छोड्न सक्ने पनि धमलाको भनाई छ । उनले भने, ‘मेरो पनि काठमाडौंको रानीबारीमा छ, घर क्वारेन्टाइनका लागि उपयुक्त छ भने, म दिन तयार छु ।’

सरकारले विपत्तिको अवस्थामा अहिले जे जति कदम चालेका छन् ती सबै सराहनीय रहेको पनि धमलाको भनाई छ । यस्तै उनले यो समयमा सबैलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्न आग्रह गरे ।