काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला नियुक्त भएका छन् ।


ADVERTISEMENT


बैंक सञ्‍चालक समितिले कोइरालालाई आगामी चार वर्षका लागि सिईओ नियुक्त गरेको हो । कोइरालाले आगामी बैशाख १ गतेदेखि सिईओको कार्यभार सम्हाल्नेछन् । यसअघि तत्कालीन सिईओ सुमन शर्माले राजिनामा दिएपछि कोइराला कामु सिईओ नियुक्त भएका थिए ।


ADVERTISEMENT

# # #


नवनियुक्त सिईओ कोइराला दुई वर्षदेखि नायव प्रमुख कार्यकारी भएर काम गरिसकेका छन् ।

माछापुच्छ्रे बैंकमा मात्रै ७ वर्ष काम गरिसकेका कोइरालाले बैंक अफ काठमाण्डूबाट बैंकिङ क्षेत्रमा काम सुरु गरेका थिए । कोइराला २१ वर्षदेखि बैंकिङमा क्षेत्रमा छन् ।