काठमाडौं – कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश लकडाउन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि (मंगलबार, चैत ११ गते) बिहान ६ गतेदेखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश ‘लक डाउन’ गर्ने निर्णय गरिएको हो ।


ADVERTISEMENT

# # #


अब एक सातासम्म सार्वसाधारण आफू बसेको घरबाट बाहिर निस्कन पाउने छैनन् । अब खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।