काठमाडौँ– लामो समयदेखि विभिन्न माग राख्दै आन्दोलनमा रहेका आंशिक प्राध्यापकले मंगलबार साँझ त्रिभुवन विश्वाविद्यालय (त्रिवि)का पदाधिकारीलाई बल्खुस्थित जनप्रशासन क्याम्पसमा घेराबन्दी गरेका छन् ।


ADVERTISEMENT


त्रिविका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आंशिक प्राध्यापकका माग सम्बोधन गर्न निर्देशन दिए पनि पदाधिकारीले माग सम्बोधन गर्न आलटाल गरेको भन्दै आन्दोलनरत प्राध्यापक आक्रोशित भएका हुन् । उनीहरुले त्रिविका उपकुलपति डा. तीर्थ खनियाँ, रेक्टर प्रा।डा। सुधा त्रिपाठी र रजिष्ट्रार डिल्लीराम उप्रेतीलाई घेराबन्दी गरेका हुन् ।


ADVERTISEMENT

# # #


आंशिक प्राध्यापकको आन्दोलनको २९ औँ दिन पुगेको छ । आन्दोलनले दबाब बढ्दै गएपछि कार्यालय छोडेर सोमबारदेखि त्रिवि पदाधिकारी बल्खुस्थित जनप्रशासन क्याम्पसमा बसेर काम गर्दै आएका थिए ।

त्रिवि पदाधिकारीले प्राध्यापकले समस्या समाधान गर्न छोडेर भागेको भन्दै त्यही पुगेर घेराबन्दी गरेको एक प्राध्यापकले जानकारी दिए । एक शैक्षिक सत्र पूरा गर्नेलाई मासिक तलब दिनुपर्नेलगायतका विभिन्न माग राख्दै आंशिक प्राध्यापकहरु लामो समयदेखि आन्दोलित छन् ।