काठमाडौं – गृह मन्त्रालयले अत्यावश्यक सेवा दिने पसलहरु सदाझैं निर्वाध सञ्चालन गर्न आग्रह गरेको छ। मंगलबारदेखि सुरु भएको ‘लक डाउन’ का कारण कतिपय आवश्यक पसलहरु पनि बन्द भएका थिए।


ADVERTISEMENT


‘पहिलो दिन भएकाले आवश्यक वस्तु र सेवा सञ्चालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएका पनि देखिएका छन्’, मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसंचार, सूचना तथा सञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायतका आवश्ययक वस्तुहरुको कारोबार गर्ने पसलहरु बन्द नहुने हुँदा सदाझैं निर्वाध रुपमा सञ्चालन गरिदिनुहुन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ।‘


ADVERTISEMENT

# # #


संक्रामक रोग ऐन, २०२० को दफा २ अनुसार जारी गरिएको आदेश कार्यान्वयन गर्न सहयोग पुर्‍याएकोमा मन्त्रालयले सबैलाई धन्यवाद दिएको छ।

‘ऐन कार्यान्वयमा आएपछिको सम्भवतः पहिलो पटक जारी गरिएको आदेश भएकाले यसको कार्यान्वय पक्षमा केही अन्यौल सिर्जना भई सानातिना समस्याहरु देखिएता पनि सहजतापूर्वक समाधान भएका छन्’, मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।