काठमाडौं : अन्तर्रा्ष्टि्रय श्रम संगठन आइएलओले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्वभर २५ करोड कामदारले रोजगारी गुमाउने प्रारम्भिक अनुमान गरेको छ । उक्त संगठनले विश्वले संगठित र संयुक्त प्रयास गरेमा सन् २००८ र ०९ को विश्वव्यापी मन्दीले उत्पन्न गराएको बेरोजगारी समस्या भन्दा केही कम गर्न सकिने बताएको छ । त्यतिबेला बेरोजगार जनशक्तिको संख्या २२ करोड पुगेको थियो ।


ADVERTISEMENT


कोरोना भाइरस (कोभिड–१९)ले कार्यस्थलमा पार्ने प्रभाववारे गरिएको प्रारम्भिक अध्ययन अनुसार कार्यस्थलमा कामदारहरुको सुरक्षा, रोजगारी सिर्जना गर्ने गरि अर्थव्यवस्थाको परिचालन गर्ने र कामदारको रोजगारी र आयलाई सहयोग पुराउने नीति अख्तियार गरेमा बेरोजगारी समस्या न्यून गर्न सकिने आइएलओको भनाइ छ ।


ADVERTISEMENT

# # #


रोजगारी गुमाएको जनशक्तिलाई अल्पकालीन रोजगारी, तलवी विदा तथा अनुदान, स्वरोजगार सिर्जना गर्ने लघुउद्यमहरुलाई करमा छुट जस्ता प्रवन्ध आवश्यक रहेको औंल्याइएको छ ।

आर्थिक गतिविधिलाई गतिदिने कार्यक्रम तत्काल शुरु नगरिए विश्वव्यापी गरिबीमा पनि उल्लेखनीय वृद्धि हुने भन्दै आइएलओले आर्थिक गतिविधिमा आएको गिरावटले आय कम हुने तनावले श्रमिकहरुलाई गरीबीको रेखा नजिक पुराउने बताएको छ ।

आईएलओका महानिर्देशक गाय राइडरले कोरोना भाईरस अब विश्वव्यापी स्वास्थ्य संकटमात्र नभएर यो एक प्रमुख श्रम बजार र आर्थिक संकट पनि भएको बताएका छन् ।

यसैबीच क्यानडाका ५० लाख मानिसले विगत चार दिनको अवधिमा मात्रै बेरोजगार विमा भुक्तानीका लागि आवेदन गरेका छन् । कोरोना भाइरसका कारण क्यानडामा सन् १९३२ को खराब मन्दीपछिको अवस्था देखिएको छ ।  प्रधानमन्त्री जष्टिन टुडोले बेरोजगार विमा भुक्तानी माग गर्नेहरुको संख्या ऐतिहासिक रुपमा ठूलो भएको बताएका छन् ।

कोरोना भाइरस प्रकोपका कारण उत्पन्न जटिल परिस्थितिको सामना गर्न क्यानडाले आफ्नो कुल बजेटको तीन प्रतिशत अर्थात् ५६ दशमलव ५ बिलियन क्यानडियन डलर निकासा गर्ने घोषणा गरेको छ ।