काठमाडौँ  – नेपालमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । मंगलबार राती प्राप्त कोरोनाको परीक्षण रिर्पोटमा थप एक जनामा देखिएको राष्ट्रिय जनस्वास्थय, प्रयोगशालका सूचना अधिकारी राजेश कुमार गुप्ताले बताए ।


ADVERTISEMENT


खाडी मुलुकबाट नेपाल आएका ३० वर्षीय युवमा देखिएको र उनको टेकु अस्पतालमा उपचार भइ रहको छ । बिरामीलाई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । यो सँगै नेपालमा कोरोनाको संक्रमित हुनेको सख्या तीन पुगेको छ ।


ADVERTISEMENT

# # #


यसअघि चीनबाट फर्केका युवा र केहीदिनअघि फ्रान्सबाट फर्किएको किशोरीमा संक्रमण देखिएको थियो । चीनवाट फर्किएका युवा उपचारपछि निको भएर घर फर्किएका छन् भने किशोरीको उपचार भईरहेको छ ।