सिन्धुली । बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रमुख प्रहरी बरिष्ठ उपरिषक (एसएसपी) सन्दिप भण्डारीले सिन्धुलीमा कोरोना भाईरस सम्बन्धी संक्रमणको कारणबाट उत्पन्न हुनसक्ने सम्भावित परिस्थिति, चुनौतीहरु र बच्ने उपायहरु सम्बन्धी कार्यक्रम सम्पन्न गरेका छन् ।


ADVERTISEMENT


एसएसपी भण्डारीले कार्यक्रममा सम्पूर्ण प्रहरी कर्मचारीहरु तथा तालिमरत प्रशिक्षार्थीहरुलाई कोरोना भाइरस सम्बन्धी विषयमा विभागीय नीतिहरु तथा तालिम केन्द्रले वनाएका कार्य योजनाका बारेमा जानकारी गराउँदै हल्लामा विश्वास नगर्न, सम्बन्धित आधिकारिक चिकित्सकको राय तथा सुझाव पालना गरी आफू समेत सुरक्षित रही धैर्यताका साथ जनताको सुरक्षामा तत्पर रहन सम्पूर्ण प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरुलाई अनुरोध गरेका छन् ।


ADVERTISEMENT

# # #


संक्रमणको संवेदनशिलतालाई ध्यानमा राखि उक्त कार्यक्रमहरुलाई २५ र २५ जनाको छुट्टा छुट्टै समूह बनाई सुरक्षित दूरी समेत कायम राखी संचालन गरिएको बताईएको छ ।

कार्यक्रममा प्रा. प्र. नि. डा. रमा विष्टले कोरोना भईरसको महामारीको कारणबाट उत्पन्न हुनसक्ने सम्भावित परिस्थिति, चुनौतीहरु र त्यसको सामना गर्न कार्यरत प्रहरी कर्मचारीहरु तथा विभिन्न तालिमका प्रशिक्षार्थीहरुलाई कोरोना भाईरसको संक्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धीका विषयहरुमा जानकारी गराउँदै उच्च सतर्कता अपनाउन सुझाव दिएकी छन् ।