काठमाडौँ – कोभिड –१९ को सङ्क्रमणले नेपाल घुम्न आएका पर्यटक अलपत्र परेपछि काठमाडौँस्थित फ्रान्सेली दूतावासले आज पोखराबाट बुद्ध एयर चार्टर गरेर ५९ जना आफ्ना नागरिक काठमाडौंँ ल्याएको छ ।


ADVERTISEMENT


सरकारले कोरोनाको सङ्क्रमणको बढ्दो जोखिम न्यूनीकरण गर्न देशभरि लकडाउन गरेपछि यतिबेला विभिन्न देशबाट आएका पर्यटक अलपत्रमा परेका छन् । पोखरा र आसपास क्षेत्रमा पदयात्रामा रहेका फ्रान्सेलीलाई दूतावासले परराष्ट्र र गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय पोखरामार्फत पत्राचार गरेर आफ्ना नागरिकलाई काठमाडौँ ल्याउने प्रबन्ध मिलाएको हो । अहिले विभिन्न देशले आफ्ना नागरिकको खोजी गर्दै स्वदेश फर्काउने पहल थालेसँगै दूतावासले पनि सो प्रक्रियालाई अगाडि बढाएको हो ।


ADVERTISEMENT

# # #


पर्यटन प्रहरी पोखरा कास्कीका प्रमुख प्रहरी निरीक्षक गणेश खनालले पोखरामा सम्पर्कमा आएका ती नागरिकलाई काठमाडौा पुसर्याउन समवन्वय गरेको बताए । उनले भने, “हामीले पोखरा लेकसाइडमा सम्पर्कमा आएका ५९ जना फ्रेन्च नागरिकलाई पोखरा एयपोर्टसम्म यातायातबाट पुर्‍याउने व्यवस्था गर्‍यौँ ।”

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले मुस्ताङबाट १२१ विदेशी पर्यटकलाई पोखरा पठाएको र सबैभन्दा बढी फ्रान्सका २१ पर्यटक भएको जानकारी दिए । उनले मुस्ताङ र मनाङमा रहेका सबै विदेशी पर्यटकलाई सम्पर्कमा रहनसमेत आग्रह गरिएको र अलपत्र परेका पर्यटकलाई उद्धार गरिएको बताए ।