काठमाडौँ –  उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आजै  निवास फर्कने भएका छन् ।


ADVERTISEMENT


मुटुको धड्कन बढ्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली गए राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कोर्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका थिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै निवास फर्कने जानकारी उनकी निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले जानकारी दिएकी हुन् ।

प्रधानमन्त्री ओलीको गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।