एजेन्सी – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ ।


ADVERTISEMENT


शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो जारी गर्दै जोनसनले पछिल्ला २४ घण्टामा आफूलाई कोरोना भाइरसका लक्षण देखिनुका साथै परीक्षण पनि ‘पोजिटिभ’ देखिएको बताएका छन् ।


ADVERTISEMENT

# # #


आफू अहिले सेल्फ आइसोलेसनमा रहेको उनले जानकारी गराउँदै उनले अब भिडियो कन्फेरेन्समार्फत नै कोरोनाविरुद्ध लड्नका लागि नेतृत्व गर्ने बताएका छन् ।

‘पछिल्ला २४ घण्टामा ममा कोरोना भाइरस सम्बन्धी लक्षण विकसित भएका छन् । मेडिकल अफिसरको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा कोरोना परीक्षण पनि पोजेटिभ देखिएको छ ।’ ट्वीटरमा उनले भनेका छन्, ‘अहिले म सेल्फ आइसोलेसनमा छु । तर, भाइरसविरुद्ध लड्नका भिडियो कन्फेरेन्स मार्फत लागि म सरकारी प्रतिक्रियाको नेतृत्व गर्नेछु ।’