नेपालगञ्ज – काठमाडौंबाट औषधि र चिकित्सक लिएर नेपालगन्ज उडेको नेपाल एयरलाइन्सको ट्विनअटर विमान अवतरणको क्रममा नेपालगन्ज बिमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ ।


ADVERTISEMENT


विमान रनवेबाट चिप्लिएर बाहिर गएको थियो । प्रहरी सह–प्रवक्ता एसएसपी उमेशराज जोशीले घटना भएको पुष्टि गरे ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार कुनै पनि मानवीय क्षति भने भएको छैन । विमान कोरोना संक्रमण भएको आशंका गरिएका विरामी लिन गएको जोशीले बताए ।

फोटो : रोशन खड्काको फेसबुक पेजबाट