काठमाण्डौ –  सरकारले नेपालमा रहेका जर्मनीसहित केही यूरोपेली मुलुकका  नागरिकलाई स्वदेश फर्काएको छ । युरोपियन युनियनसँगै जर्मन सरकारको विशेष अनुरोधमा नेपालमा रहेका ती देशका नागरिकलाई स्वदेश फर्काइएको सरकारले जनाएको छ ।


ADVERTISEMENT


उनीहरुलाई लिन जर्मनीबाट शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विमान केहिबेरअघि जर्मनीसहित केही युरोपियन युनियन देशका नागरिक लिएर फर्किएको अध्यागमन विभागका वरिष्ठ अध्यागमन अधिकृत एवं सूचना अधिकारी राजेश पन्थीले जानकारी दिए।
फ्रान्सबाट आएको अर्को विमानले युरोपियन युनियनसँगै फ्रान्सेली नागरिक लैजाने तयारी गरेको छ ।सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ‘लकडाउन’को घोषणा गरेको बेला जर्मन सरकार र युरोपियन युनियनले अनुरोध गरेपछि उनीहरुलाई फर्काउने पहल थालिएको थियो ।


ADVERTISEMENT

# # #