तनहुँ – तनहुँको व्यास नगरपालिका–२ मा अलपत्र परेका मजदूरलाई वडा कार्यालयको पहलमा आज उद्धार गरिएको छ । दमौली बजारमा विभिन्न क्षेत्रमा काम गर्ने मजदूरलाई वडा कार्यालयको समन्वयमा उद्धार गरेर घर पठाइएको हो ।


ADVERTISEMENT


उनीहरुलाई दुई बसमा रौतहटको गौर र बाराको वीरगन्ज पठाइएको वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार ३६ जनालाई गौर र ३५ जनालाई वीरगञ्ज पठाइएको छ ।


ADVERTISEMENT

# # #


“लकडाउनका कारण काम नभएपछि दमौलीमा अलपत्र परेका उनीहरु घर जान चाहेकाले प्रशासन कार्यालयसँग समन्वय गरेर घर पठाइएको हो”, श्रेष्ठले भने, “थप मजदूरलाई भोलि पनि उद्धार गरेर पठाउँछौ ।”

आइतबार गौर जानका लागि २२ मजदूरको नाम सङ्कलन भइसकेको छ । “वडा नं २ मा अलपत्र परेर बसेका सबै मजदूरलाई उद्धार गरेर घरतर्फ पठाउने व्यवस्था मिलाएका छौ,” श्रेष्ठले भने । उनले वडाभित्रका विपन्न मजदूरलाई लक्षित गरी राहत प्याकेज समेत ल्याउने तयारी गरेको जानकारी दिए । रासस