काठमाण्डौ-  विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् ।


ADVERTISEMENT


महासचिव गुटेरेसले पछिल्लो समय झन् अन्योल बढेको बताए । महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको बारेमा संयुक्त राष्ट्र सङ्घीय प्रतिवेदनको प्रक्षेपणमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।


ADVERTISEMENT

# # #


विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या आठ लाख ५० हजार नाघिसकेको छ भने ज्यान गुमाउनेको सङ्ख्या ४२ हजारभन्दा बढी छ ।