राजेन्द्र आचार्य, चितवन – संकटापन्न वन्यजन्तुको सूचीको रहेका नीजि क्षेत्रबाट पालिएका हात्तीहरुको लागि चितवन निकुञ्ज भित्रको घाँस उपलब्ध गराउन व्यवसायीहरुले माग गरेका छन् ।


ADVERTISEMENT


लकडाउनसगैँ हात्तीको लागि पोसिलो खाना अभावपछि हात्ती संरक्षणका लागि पनि निकुञ्ज यो वेला घाँस दिनुपर्ने व्यवसायीहरुको माग छ । पर्यटकीय नगरी सौराहाका क्षेत्रमा रहेका नीजि स्तरबाट पालिएका हात्तीहरुमा यस्तो अभाव भएको युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कोरोनाको लकडाउनसगैँ पर्यटन क्षेत्र ठप्प बनेपछि यहाँ हात्तीलाई खुवाउने दाना अभाव भएसगैँ निकुञ्जबाट पोसिलो घाँसहरु उपलब्ध गराउन उनले माग पनि गरेका हुन् । हामी निकुञ्जबाट घाँस दिनुपर्छ भनेर धेरै पहिलेदेखि माग राखेका थियौँ उनले भने, हात्तीमैत्री सौराहा, र हात्ती विना सौराहको कलपना पनि गर्न सकिदैन् भनेर यसको संरक्षणसगैँ विभिन्न गतिविधि हामी गरेकै कारण पर्यटनमा नयाँ आयम थियो, तर अहिले त हात्ती अधिकारकर्मी समेत बोल्दैन् ।

एउटा हात्तीलाई दैनिक २ सय ५० किलो खाना आवश्यक पर्ने जानकारी दिदै उनले लकडाउनका कारण आवश्यक दाना लिन नपाउन हात्ती दुब्लाउनेको भन्ने चिन्ता व्यवसायीलाई परेको क्षेत्रिय होटल संघका अध्यक्ष दिपक भटर्रराईले बताए ।

‘हरियो घाँस मात्र दिए पनि जोगाउन सकिने थियो’ उनले भने, ‘तर हामी मानव र वन्यजन्तु द्धन्द्ध कम गर्न सञ्चालन गरेको हात्ती महोत्सवको विरोध गर्ने अहिले दुलामा पसे । चिन्ता त हामीलाई छ नि !’ हात्ती दिगो संरक्षणका लागि सरकारीस्तरबाट भेटेरिनरी डाक्टर, निकुञ्जबाट घाँसको उपलब्धता र बिमाको व्यवस्था गर्नुपर्ने व्यवसायीहरुले माग राख्दै आएका छन् ।

सौराहामा अहिले सौराहामा ७० वटा नीजि हात्तीहरु रहेका छन् । यी हात्ती हात्ती सफारीका लागि प्रयोग हुँदै आएका थिए । एसियाली र अफ्रिकी गरी जम्मा दुई प्रजातिका हात्तीमात्रै हाल पृथ्वीमा रहेका छन् । एसियाली हात्ती नेपाललगायत एसियाका १३ देशमा करिब ३५ देखि ५० हजार छन् भने अफ्रिकी हात्तीको संख्या करिब ४ लाख छ ।

नेपालमा पाइने हात्ती एसियाली प्रजाति हो । यो प्रजातिका हात्तीको संख्या अहिले ३५ देखि ४० हजारमा सीमित छ भने नेपालमा चाहिँ करिब २ सय । यही गतिमा हात्तीको सिकार हुने र संरक्षणका उपाय नअपनाइए अबको १२ वर्षमा विश्वबाट हात्ती लोप हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले, पर्यटकमात्रै नभई वन्यजन्तुसँग सम्बन्धित हरेक अन्तर्र्रािष्ट्रय निकायको नेपालको हात्तीप्रति विशेष लगाव छ ।