काठमाडौं – साउदी अरेवियाको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस समाप्तिको घोषणा गरिसकेपछि साउदीबाट विदामा गएका सम्पूर्ण व्यक्तिहरुको (इकामा बहाल भए वा नभए पनि ) भिषा अवधि नवीकरण गर्ने भएको छ ।


ADVERTISEMENT


पारिवारिक, पर्यटक वा व्यावसायिक भिषामा साउदी आएका तर कोरोना भाइरसको कारण भिषाको अवधि भित्र स्वदेश फर्किन नसकेका वा अवधि थप्न नपाएका व्यक्तिहरुको जरिवाना मिनाहा गरी सरकारी दस्तुर मात्र तिरेपछि २०२० अप्रिल ३० सम्म अवधि थप्ने र संक्रमणको अवधि थपिँदै जाने वा उडान नखुलेसम्म यो प्रकृया जारी रहने साउदीस्थित नेपाली दूताबासले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


साउदी स्वास्थ्य मंत्रालयले कोरोना भाइरस पूर्ण रूपमा समाप्त भएको घोषणा गरेको ३० दिनसम्म यी प्रकृयाको समयावधि बहाल रहने दूताबासले जनाएको छ ।