काठमाडौं –  कोरोना भाइरस संक्रमणले व्यापार व्यवसायमा गंभीर असर देखाउन थालेपछि यूएई सरकारले विदेशी कामदारलाई करार पुन : संरचनात्को माध्यमबाट व्यवस्थापनका लागि रोजगारदाताहरुलाई अनुमति दिएको छ । त्यहाँको ह्युमन रिसोर्स तथा ईमिरिटाईजेशन मन्त्रालयका अनुसार कामदार व्यवस्थापनको निर्णय यूएईका नागरिकहरका लागि भने लागु हुने छैन । निर्णय मार्च २६ देखि नै रोजगारदाताले लागू गर्न शुरु गरेका छन् ।


ADVERTISEMENT


मानव संशाधन तथा इमिरेट्स मन्त्री नासिर थानी अल हम्लीले कोरोना भाइरस संक्रमणबाट अर्थतन्त्रमा देखिएको असरलाई न्यूनिकरण गर्न रोजगारदाता र आप्रवासी कामदारबीचको करार सम्बन्धलाई पुनः संरचना गर्न पाउने गरि अनुमति दिएको बताएका छन् ।


ADVERTISEMENT

# # #


वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि चौथो प्रमुख गन्तव्यका रुपमा रहेको युएईमा वार्षिक करिब ५० हजार नेपाली कामदार रोजगारीका लागि जाने गरेका छन । यूएईमा विभिन्न क्षेत्रमा आप्रवासी कामदार रहेका छन् । त्यस मध्ये निर्माण तथा सेवा क्षेत्रलगायतमा ४ लाख बढी नेपाली कामदार रहको अनुमान छ । कामदार पुनस् संरचना गर्न रोजगारदातालाई दिइएको यो अधिकारले अन्य देशका जस्तै ठूलो संख्यामा रहेका नेपाली कामदारहरु पनि प्रभावित हुने देखिएको छ ।

यूएई सरकारको अनुमति पछि त्यहाँका रोजगारदाताहरुले कामदारहरुलाई तलवी विदा, वेतलवी विदा, अस्थाथी वा स्थायी तलव कटौती जस्ता प्रकृया अपनाएर कामदारको कारण कम्पनीलाई उत्पन्न हुने आर्थिक भार कम गर्न थालेका छन् ।