पोखरा । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा उपचार कोषमा गरिमा विकास बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले बिहीबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । गरिमा विकास बैंक लिमिटेड केन्द्रीय कार्यालयबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द्रप्रसाद ढकाल, पोखरा कलस्टर प्रमुख भोलाप्रसाद तिवारी, पोखरा शाखा प्रमुख केशबहादुर गुरुङले मुख्यमन्त्री गुरुङलाई हस्तान्तरण गर्नुभएको हो । विश्वभर फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि बैंकले प्रत्येक प्रदेशमा सहयोग गरेको र गण्डकी प्रदेशमा पनि सहयोग गरेको केन्द्रीय कार्यालयबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द्रप्रसाद ढकालले बताउनुभयो । उहाँले बैंकले दिएको रकमको सहि सदुपयोग गर्न समेत अनुरोध गर्नुभएको छ ।


ADVERTISEMENT


मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैंकबाट प्राप्त सहयोगले प्रदेशमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका गतिविधिमा खर्च गरिने बताउनुभयो । उक्त रकमले प्रभावकारी रुपमा गतिविधि सञ्चालन गरिने उहाँले बताउनुभयो । सहयोगप्रति बैंकलाई उहाँले धन्यावाद समेत व्यक्त गर्नुभएको छ ।


ADVERTISEMENT

# # #