काठमाण्डौ – भारतीय क्रिकेट टिमका पूर्व ब्याट्सम्यान तथा वर्तमान सांसद् गौतम गम्भीरले कोरोना भाइरसविरुद्धको अभियानका लागि दुई वर्षको पारिश्रमिक सरकारी कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।


ADVERTISEMENT


उनले कोरोनाविरुद्धको अभियानमा सरकारलाई सघाउन प्रधानमन्त्री राहत कोषमा आफ्नो २ वर्षको पारिश्रमिक दिने घोषणा गरेको जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत गम्भीरले भनेका छन्’ ‘अहिले सरकारले मलाइ के दियो भनेर प्रश्न गर्नेभन्दा पनि आफूले दिन पर्ने बेला भएकाले मैले सानो सहयोग गर्न लागेको हुँ ।’


ADVERTISEMENT

# # #


साथै उनले अरुलाई पनि प्रधानमन्त्री कोषमा सक्दो सहयोग रकम जम्मा गर्न आग्रह पनि गरेका छन् । गम्भीर अहिले भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट दिल्लीका सांसद छन् ।