सोल — कोरोना भाइरस (कोभिड–१९) फैलिएको तीन महिनाभन्दा बढी समय भइसक्दा पनि आफ्नो देशमा एकजना पनि संक्रमित नभेटिएको भन्दै उत्तर कोरियाले आफ्नो देशलाई ‘कोरोना फ्रि’ घोषित गरेको छ ।


ADVERTISEMENT


उत्तर कोरियाको इपिडेमियोलोजी विभागका प्रमुख पाक म्योङ–सुले आफ्नो देशको कडा कानून, सर्तकता र मापदण्डका कारण कोभिड–१९ को संक्रमणबाट बच्न सफल भएको दाबी गरे ।


ADVERTISEMENT

# # #


छिमेकी देश चीनमा कोभिड–१९ को संक्रमण फैलिएको समाचार प्रकाशमा आएसँगै उत्तर कोरियाले आफ्ना सीमाहरू बन्द गरेको थियो । त्यसपश्चात् देशभित्र फैलन सक्ने संक्रमणबाट बच्नका लागि कडा कानूनहरु लागू गरेको पाकले बताए ।

उनका अनुसार देशको सीमा तत्काल बन्द गरिनु, विदेशबाट आउनेलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिनु र हरेक नागरिकको निगरानी तथा उपचार गरिनुनै संक्रमण नफैलिनुका मुख्य कारण हुन् ।