काठमाडौं – कोरोना भाइरसको त्रासपछि प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ ।


ADVERTISEMENT


यसअघि २३ चैतका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको थियो । कोरोनाको त्रास यथावत् रहेपछि शुक्रबार सूचना जारी गरेर ३० गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।


ADVERTISEMENT

# # #


यसअघि चैत ७ गते नै बैठक १३ गतेको लागि बोलाइएको थियो । तर, १३ गतेको लागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो।

राष्ट्रियसभा बैठक भने अनिश्चितकालका लागि स्थगित छ ।

कोरोनाको त्रासपछि मुलुकभरका अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहेकाले बैठक स्थगित गरिएको संघीय संसदका कार्यबाहक महासचिव गोपालनाथ योगीले बताएका छन् ।