काठमाडौं । नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले लकडाउनबाट पीडित भएकालाई राहत तथा खाद्य सामग्री वितरण गरेका छन् ।
पार्टीको संगठन विभाग प्रमुखसमेत रहेका शाहीले हिमा गाउँपालिकाका ४ वटा विद्यालयमा क्वारेन्टाइनमा बसेकालाई मास्क, सेनिटाइजरका साथै दाल, चामल , चिनी, नुन, चियापत्तिलगायतका सामग्री वितरण गरेका हुन् । शाहीले दैनिक जनजीवन असहज बन्दै गएकाले आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गरेको बताए । उनले स्थानीयलाई लकडाउनभरि घरै बसेर सुरक्षित रहन र केही समस्या देखिए तत्काल परीक्षण गर्नसमेत आग्रह गरेका छन् । शाहीले यसअघि पनि स्थानीयलाई संकट पर्दा आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।
स्थानीय तहको निर्वाचनमा हिमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार भएका उनी कोरोना नियन्त्रणमा सरकारको तयारी नपुगेको बताउँछन् । उनले यसअघि १० हजार परिणाममा गाउँपालिकामा मास्क वितरण गरिसकेका छन् ।


ADVERTISEMENT