– श्रीजना नेपाल (सुवेदी)


ADVERTISEMENT


मनुष्य तिमी छक्क पर्यौ हैन ?
अब तिमीले हार खायौ हो ?
कत्रा कत्रा बम र बारुददेखि नडराएको तिमी
जाबो एउटा किटाणुदेखि डरायौ हो ?


ADVERTISEMENT

# # #


ढुंगे युगदेखी आविष्कार गर्दै आएको
मनुवा जाती तिमी चन्द्रमामा जग्गा किनिसक्दा पनि
जाबो एउटा किटाणुदेखि डरायौ हैन ?
विश्वयुद्द र गृहयुद्ध हुँदा पनि नडराएको तिमी
जाबो एउटा किटाणुदेखी डरायौ हैन ?
अर्को ग्रहमा वस्ती बसाल्न तत्पर मनुष्य
एउटा किटाणु सँग डराएर एकान्तवास बसेको छ।

किटाणु प्रकोपको डरले उसको मनमा सन्त्रास छाएको छ
यसो हेर्दा लाग्छ यो वैज्ञानिक युगले पनि फेल खाएजस्तो छ
यो कस्तो परीक्षण काल हो ?
मनुष्य तिमी छक्क पर्यौ,
अब तिमीले हार खायौ हो ?

भाईरसको नाम पत्ता लगाउन सक्ने तिमी र
तिम्रो त्यो प्रयोगशालाले
किन यसको औषधी पत्ता लगाउन सकेका छैनौ ?
मनुष्य जाबो एउटा किटाणुदेखि डराउदै छौ हैन ?
धन्य छ मनुष्य तिमीलाई ।

धन्य छ भाईरस तिमीलाई पनि
तिमी आएदेखि कम से कम चराहरु पनि
कु..हु..कु..हु गर्दै नाच्न थालेका छन्
मानिसहरु पनि प्रकृति प्रेमी हुँदैछन
छुटेका परिवारको पनि पुनर्मिलन हुँदैछ ।

तर, मनुष्य तिमी डराउँदैछौ हैन ?
मनुष्य नडराऊ, तिमी नडराऊ
आफुमा भयविरुद्धको आत्मबल बढाऊ
प्रकृतिप्रेमी बन्न सिक मनुष्य ।