– रवि पौडेल


ADVERTISEMENT


सबै मानिस सित नभएर त हैन होला नि, खै किन छोटो मन गरे।
अलि अलि हुनेहरू विचरा बरू, केही गर्छन् जस्तो गरी अघि सरे।


ADVERTISEMENT

# # #


सात पुस्तालाई पुग्ने कमाउनेहरू, हात मुठी पारेर किन यसरी बसे।
यिनीहरूलाई अलि बुद्दि देउः न प्रभु, मरेपछि के नै लानु छ र माथि हरे।

महामारीले संसार खान आटी सक्यो,अझै चेत नखुल्ने कस्ता जब्बर परे।
कुम्भ कर्ण जसरी सुतेका छन अहिले, किन खै यसरी तल्लो स्तरमा झरे।

सबैले सबैलाई सहयोग गरी बाचौँ र बचाऔँ ।